मीन राशिलाई मंसिर महिना सामान्य फलदायी रहनेछ। मिहिनेत गर्दा उपलब्धि प्राप्त गर्न सकिनेछ। सुरुमा निर्णय लिन नसक्दा केही पछि परिनेछ। स्वास्थ्य समस्याले काम रोकिन सक्छ सक्छ। तापनि व्यवसायका लागि पूर्वाधार तयार पार्ने समय छ। धार्मिक तथा सामाजिक काममा प्रवृत्त भइनेछ। अध्ययनतर्फ पहिलेको नतिजा कमजोर आउन सक्छ, मिहिनेत गर्नुहोला। महिनाको उत्तरार्धमा व्यापार बढ्नुका साथै पेसा–व्यवसायमा सुधारका लक्षण देखिनेछन्। लगानीमा केही रकम बाहिरिए पनि नियमित आम्दानी भइरहनेछ। केही नयाँ जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ। पूर्वार्धमा संघर्ष गर्नुपरे पनि अन्त्यमा उपलब्धि प्राप्त गर्न सकिनेछ। विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। आफ्नो भोगाधिकारमाथि अरूले दाबी गर्न सक्छन्, सजग रहनुहोला।
यो महिना लाभदायी नै रहनेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर प्राप्त हुनेछन् । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुन सक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क १,५ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो इष्ट देवताको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें