सीधे मुख्य सामग्री पर जाएं

२०८० | वार्षिक राशिफल

यो वर्ष अवसर प्राप्त भए पनि उपलब्धिका लागि संघर्ष गर्नुपर्ने देखिन्छ। बृहस्पति अनुकूल हुनाले शिक्षामा राम्रो प्रगति हुनेछ। बौद्धिक प्रभाव बढ्नुका साथै लेखन कलामा निखारता आउनेछ। भाग्यले असल जीवनसाथी जुराउने हुँदा गृहस्थीको बलियो जग बस्नेछ। शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। वर्षको मध्यतिर नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। व्यापारमा मनग्य लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ। सवारी, घरजग्गा तथा अन्य चल–अचल सम्पत्ति जोड्ने प्रबल ग्रहयोग देखिन्छ। उच्चशिक्षा तथा रोजगारीका लागि देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। बृहस्पतिमाथि खर्चभावका शनिको वेध तथा दृष्टिदोष र राहुको युतिसम्बन्धले सामाजिक न्यायबाट वञ्चित भइनेछ भने समय–समयमा नैतिक धरातल पनि खस्किन सक्छ। बिनाकारण आफन्त तथा शुभचिन्तकहरू टाढिन सक्छन्। यात्रा खर्चिलो र कष्टपूर्ण बन्नेछ। आम्दानी बढाउन अनीतिको सहारा लिनुपर्ने हुन सक्छ। मनमा चिन्ता, शरीरमा चोट, साझेदारीमा झमेला, व्यापारमा हानि तथा नोकरीमा दुर्गम स्थानान्तरण जस्ता समस्या आउन सक्छन्। कष्टभावको केतुले कब्जियत, शूल र चोटपटक जस्ता स्वास्थ्यबाधा निम्त्याउन सक्छ। शनिको साढेसाती दशाले साथीभाइ र घरपरिवारको सुखबाट वञ्चित भएको आभास गराउनेछ। परिस्थितिवश अधिक खर्च, नोकरीमा दुर्गम स्थानान्तरणको चर्चा, अपजस, आलोचना आदिले केही हतोत्साहित भइनेछ। अवसरवादीहरूले नजिकको साइनो गाँसी आफ्नो भावनामाथि खेलबाड गर्ने प्रयत्न गर्नेछन्। काम बिग्रने डरले सताउन सक्छ। महाँकाल, हनुमान र काली भगवतीको पूजा गर्नाले र शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ। बटुकभैरव र छिन्नमस्ताको पूजा गर्दा राहुदोष शान्त हुनेछ। आर्थिक रूपमा जेठ, भदौ, पुस र माघ महिनामा बढी फाइदा हुनेछ भने असार, कार्तिक र फागुन महिना अलि प्रतिकूल देखिएकाले संयमित भएर काम गर्नुहोला।

फलितज्योतिषाचार्य)

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

२०७३ सालको बार्षिक राशि फल

वर्षारम्भमा प्रतिस्पर्धाभावमा बृहस्पति र राहु, भाग्यभावमा शनि र खर्चस्थानमा केतु रहेका छन्। प्रारम्भिक ग्रहयोग विचार गर्दा साउन २२ गतेसम्म व्यावसायिक संक्रमणकाल रहनेछ। तत्काल ठूलो उपलब्धि हातलागी नभए पनि यस बीचको संघर्षले दिगो फाइदा दिलाउन सक्छ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा प्राप्त गर्न सकिनेछ। भदौदेखि विभिन्न अवसरले पछ्याउनेछन्। पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। व्यापार तथा अध्ययनका लागि विदेशयात्राको अवसर प्राप्त हुनेछ। भाग्यले प्रेमपात्र जुराउनेछ भने प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्न सक्छ। देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिवारमा जीवनसाथीलाई अघि सार्दा विशेष फाइदा हुन सक्छ। राजनीतिक पहुँच बढ्नेछ भने सुखद समाचारले आनन्द दिलाउनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन्। साझेदारीमा पनि फाइदै हुनेछ। माघ र फागुनमा बृहस्पतिको प्रतिकूलताले स्वास्थ्यमा समस्या आउन सक्छ। शनिको स्थितिले चिताएका काममा केही विलम्ब भए पनि उपलब्धिमा ठूलो बाधा पर्नेछैन। बृहस्पति प्रतिकूल र

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। ईर्ष्यालु प्रवृत्ति भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बाहिरी स्रोत जुट्नाले दिन उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष गर्नेहरूले हार खानेछन्। मिहिनेतले उपलब्धि दिलाउनेछ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मीन राशी

२०६६ साल » मीन राशी दि दू थ भ ञ दे दो चा ची यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको एघारौँ स्थानमा र केतुले पाचौँ स्थानमा रहेर यात्रा गर्दै छन् । यस कारण राहु र केतु यस स्थानमा रहेसम्म राहु र केतुका प्रभावले तपाईलाई मीठो बोल्ने व्यक्तिले धोका दिनेछन् । बौद्धिक शक्तिको विकास होला । दैनिक जीवनमा कठिनाइले प्रगति होला । कुनै बफादार सहयोगीको आवश्यकता पर्ला । शारिरिक सुख मध्यम रहला । अकस्मात धनको प्राप्ति होला । जीवनसाथीको सुख मध्यम रहला । घरेलु समस्यामा सधार आउला । काक्तिर्क १८ गतेबाट राहु दशौँ र केतु चौथो स्थानमा प्रवेश गरेकाले स्त्रीको सुख सन्तोष होला । पशुपन्छीमा लगानी बढ्ला । सुन्दर वस्त्र तथा प्यारो भोजनको लाभ होला । वृद्धि र विद्याको विकास होला । सन्तानका पक्षबाट धोका पर्ने छ । तपाईका नाना प्रकारको लालसा बढ्ला । चल अचल सम्पत्तिको विकासमा बाधा अड्चन आइपर्ला । कठोर आदत, लोभ क्रोध बढ्ला । दुस्मनमाथि तपाईको प्रभाव पर्ला । यात्रा सम्भव हुन सक्ला । बृहस्पति वैशाख ६ गतेबाट तपाईको बाह्रौ स्थानमा भ्रमण गर्दै छन् । अतः तपाईलाई सपरिवार कुटुम्बमा पीडा होला । विविध भौतिक योजनामा अवरोध पर