सीधे मुख्य सामग्री पर जाएं

मीन राशी

मीन
२०६६ साल » मीन राशी
दि दू थ भ ञ दे दो चा ची
यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको एघारौँ स्थानमा र केतुले पाचौँ स्थानमा रहेर यात्रा गर्दै छन् । यस कारण राहु र केतु यस स्थानमा रहेसम्म राहु र केतुका प्रभावले तपाईलाई मीठो बोल्ने व्यक्तिले धोका दिनेछन् । बौद्धिक शक्तिको विकास होला । दैनिक जीवनमा कठिनाइले प्रगति होला । कुनै बफादार सहयोगीको आवश्यकता पर्ला । शारिरिक सुख मध्यम रहला । अकस्मात धनको प्राप्ति होला । जीवनसाथीको सुख मध्यम रहला । घरेलु समस्यामा सधार आउला ।

काक्तिर्क १८ गतेबाट राहु दशौँ र केतु चौथो स्थानमा प्रवेश गरेकाले स्त्रीको सुख सन्तोष होला । पशुपन्छीमा लगानी बढ्ला । सुन्दर वस्त्र तथा प्यारो भोजनको लाभ होला । वृद्धि र विद्याको विकास होला । सन्तानका पक्षबाट धोका पर्ने छ । तपाईका नाना प्रकारको लालसा बढ्ला । चल अचल सम्पत्तिको विकासमा बाधा अड्चन आइपर्ला । कठोर आदत, लोभ क्रोध बढ्ला । दुस्मनमाथि तपाईको प्रभाव पर्ला । यात्रा सम्भव हुन सक्ला ।

बृहस्पति वैशाख ६ गतेबाट तपाईको बाह्रौ स्थानमा भ्रमण गर्दै छन् । अतः तपाईलाई सपरिवार कुटुम्बमा पीडा होला । विविध भौतिक योजनामा अवरोध पर्ला । मानको हानी होला । दिमाग कमजोर रहला । तपाईलाई आकस्मिक रोगले सताउला । दुर्घटनाको योग छ । शत्रु र रोगको भय होला ।

असार महिनाबाट बृहस्पति बक्री भएर उल्टो फर्किनाले तपाईलाई उल्टो फल देला । भदौ महिनाबाट पुनः एघारौँ स्थानमा आउनेछन् । त्यसपछि सुल्टो फल प्राप्ति होला । सम्मानमा वृद्धि होला । शरिरमा कान्ति बढ्ला । शत्रुको हानी होला । शुभ फल दिनुपर्ने छ ।

मंसिर २९ गते बाट बृहस्पति फेरि बाह्रौ स्थानमा जानाले तपाईलाई भय, त्रास चिन्ता पर्ला । यात्रा गर्नुपर्ला । असल मानिसमा कलंक लाग्ला । निवास आदिको त्याग गर्नुपर्ला । शुभ कार्यमा खर्च होला ।

शनि वर्षो सुरुका ५ महिनासम्म बक्री भएर छैठौँ स्थानमा जानाले राम्रो फल प्राप्त होला । तपाईको परोपकारमा रुचि बढ्ला । परिवारको दायित्वमा वृद्धि होला । जनसर्म्पर्कले मन प्रसन्न रहला । प्रतिस्पर्धा प्रतियोगिताका मन प्रसन्न रहला र रचनात्मक काम गर्नाले मन खुसी होला । राम्रा मानिसको संगत मिल्ला । मन प्रसन्न रहला । 

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

पुष २०८० को राशिफल

  यो महिना लाभदायी नै रहनेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर प्राप्त हुनेछन् । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुन सक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क १,५ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो इष्ट देवताको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।  

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। ईर्ष्यालु प्रवृत्ति भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बाहिरी स्रोत जुट्नाले दिन उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष गर्नेहरूले हार खानेछन्। मिहिनेतले उपलब्धि दिलाउनेछ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)