
मीन राशी
दि दू थ भ ञ दे दो चा ची
जीवन फल
आफ्नो जीवनमा तपाई यदाकदा दुःखी चिन्तित र रोगी हुन सम्भव छ । तपाईको स्वामी बृहस्पति, ब्राहृमण वर्ण जलतत्व दिस्वभाव संज्ञा हो । शीतल स्वभाव, शेखी गने र छुद्र विचारले युक्त हुनुहुन्छ । अत्यन्त चतुर, दुश्मन उपर आफ्नो प्रभाव जमाउने, कडा बोली, रुखो व्यवहार, क्रोधी, कन्जुस, ज्ञानी, विद्धान एवं गुणी हुनुहुन्छ । पारिवारिक कलहले पिरोल्नेछ । देवकार्यमा तत्पर, भोवविलास वृत्तिमा तेज, राजनीति विद्यामा निपुण, सुन्दर र लक्ष्मीले युक्त व्यक्ति तपाई हुनुहुन्छ । एक दुइ बखतमा उत्तराधिकारमा सम्पत्ति मिल्नेछ । तथा सट्टापट्टामा अचानक सम्पत्ति प्राप्तिको अवसर पर्ला, स्वार्थ र लालचको भावना तेज रहनेछ । शारिरिक कष्ट, मनोव्यथा, व्यग्रता, शिरमा चोट, रक्तचापको वृद्धि, सन्तानको चिन्ता तथा स्त्री कलहले चिन्तातुर हुनुपर्नेछ । तपाईको केही आदतले कही कही कष्ट भोग्नुपर्ला । पति पत्नीमा सामान्य खटपट भइरहला । खर्च अधिक बढ्नेछ । अर्काको ऋण जीवनले भ्याइसम्म चुकाइ हाल्नुहुन्छ । मनको चिन्ताले कारण रोग उत्पन्न हुनेछ । धन दौलतको कमी नै महसुस होला । २६ देखि ४३ सम्म ठीक हुन्छ । कसैलाई ४३ देखि ६० सम्म राम्रो समय आँउछ ।
तपाईको प्रयत्नले धन प्राप्त गर्नुहुन्छ । घर जग्गामा देशमा तपाइको इज्जत रहन्छ । कोही महान् व्यक्तिबाट प्रशंसा तारिफ पाउनुहुन्छ । आफ्नो घर जायजेथा जमिन होला तर हर प्रकारको नोक्सानी बेहोर्नुपर्ला । सक्दो प्रयत्न गर्नु मनको सोचाइ होला काम पूरा पनि होला । कसैको ४४ वर्षेखि ६० वर्षम्म हानि, कसैको लाभ हुनसक्छ । अनुभव गरि होशियार हुनुहोला । मित्रजन तथा ठूला व्यक्तिसँग झगडा, मनमुटाव आदि झमेला पर्नेछ । अचानक सम्पत्ति नष्ट हुन सक्छ । तपाई रोग बिरामीमा फस्न सक्नुहुनेछ । परिवारको झमेलाबाट हट्ने संयोग पर्नेछ । वृद्धावस्थाम ६० वर्षम्म माथि भाग्योदय हुनेछ । तक्दिर राम्रो चम्कनेछ । आम्दानी भरसक राम्रो होला । मीन राशिकी स्त्री प्रायः सुन्दर पुत्रवती, धर्म परायण, घर गृहस्थीको कार्य सञ्चालनमा दक्ष, राम्रो, स्वभाव, मान प्रतिष्ठा, एवं धन दौलत प्राप्त गर्न मीठो बचन बोल्न, तथा बुद्धिमान, पतिभन्दा अगाडि नै मृत्यु पाउने हुन्छिन् । यिनको सौभाग्य अखण्ड हुनेछ । मन्त्र दीक्षा लिनाले मोक्ष पाउने छिन् । तपाईको मीन राशि हो, अतः तपाईले जीवनमा एक्ले प्रगति गर्न सक्नुहुन्न, हमेशा एक प्रगतिशील व्यक्तिबाट सहयोग भएमा लाभ होला । तर त्यस्तो पाउन गाह्रो छ । राम्रो शरिर, आकस्मिक धन प्राप्तिको जिज्ञासा, पत्नीको वसमा रहनुपर्ने, पशुपंक्षीको प्रेमी हुनुहुन्छ । वुद्धि योग, कर्मयोग, विद्या योग साधारण छ । सन्तान सुखको लालसा र दिमागी कार्यमा लाचार रहने मीन राशिको लक्षण हो । तपाइको सहायताबाट हरेक प्राणीको उन्नति र गुणी हुनेछन् ।
तपाईको जीवनमा पर्ने विशेष शुभाशुभ परिणामको जवाफदेही पत्नीमा हुनसक्छ । यद्यपि पत्नीको बुद्धि अनुभवी प्रकाश प्रदान गर्न सक्नेछन् । तपाई उसको हृदयले चाहेको मान्यता दिने र उसको परामर्श ग्रहण गर्न राम्रो छ । र्सार्वजनिक आन्दोलनमा भाग लिने, समाजको सल्लाहकारी तथा नेतृत्व गर्ने, स्वतन्त्र उद्योग वा धन्दा सञ्चालित गर्न चतुर मानिसको अनुकुलता प्राप्त गर्ने, मर्मत रचनाको निर्माण तथा विद्याको सफलताको मार्गदर्शक हुनेछ । तपाईको उदर विकार पेटको रोग र मानसिक रोगले कहिलेकाही दुःख सहनुपर्नेछ । प्रतिवर्षसेप्टेम्बरको ३,६,१२,१८,२८ तारिख तथा शुक्रबारको दिन, मिथुन, तुला, कुम्भ राशिवाला व्यक्ति र नीला, काला रंगको वस्त्रादि पदार्थ तपाईको लागि ठीक छैन । तपाईको मनमा सहज जिज्ञासा बसिरहनेछ । तपाईको स्वतन्त्र जीवनको परिणाम एवं दुर्लभ वस्तुको कठोरता पनि हात लाग्न सक्छ । परिवार, भाइबन्धु खिन्न रहनेछन् । तपाई कहिलेकाही कुनै बातको सीमासम्म नपुगी जानी जानी हरेक मामिलामा अन्जान बनिरहनु हुन्छ । मीन राशिवालालाइ व्यक्ति ज्यादा, धर्म, शिक्षा, राजनीति र लेखन प्रकाशन वा सोमसम्बन्धी नोकरी, ज्योतिषी व्यवसाय आदिमा सफलता मिल्छ । अनेक प्रकारले धनलाभ, गर्ने, तपाई बहुत धनी हुनुहुन्छ । नशा लाग्ने पदार्थको सेवन, व्यसन एवं कठोर आदत गरे हानि हुनेछ । तपाईको कर्म क्षेत्र सफल हुनेछ ।
स्वभाव र चरित्र
यो राशिको स्वामी बृहस्पति ग्रह हो । यो राशि हुनेहरु शान्त स्वभावका, गम्भीर, चिन्तनशील, वान्धवहरुमा श्रेष्ठ ध्येय भएका, रहस्यप्रिय, मनमा कपट नभएका, शत्रु विजयी, मन जित्न सक्ने, स्थिर बुद्धि भएका चंख स्वार्थी, उदार भाव, कार्यकुश, शास्त्र जान्ने, यशस्वी, धार्मिक, रिसाहा तथा अतिथि कामी स्वभाव भएका हुन्छन् । यिनीहरु आफ्नो इज्जत आचरण राख्छु भन्दाभन्दै पनि दुराचारी कर्ममा फस्न सक्छन् । यिनीहरु सज्जन, गुरुजनको आदर गर्ने, कल्पना गरेको कार्य पुर गर्ने, उपासक हुन्छन् । अर्काको सहयोग गर्ने प्रबल इच्छा रहन्छ । यिनीहरु कृपण स्वभावको भए पनि धार्मिक कार्यमा दिल खोलेर खर्च गर्ने हुन्छन् । दुःखी, अपांग, मानिसको मद्दत गर्न इच्छुक रहन्छन् । यिनीहरुमा चिन्तित स्वभाव, जिद्दी गर्ने बानी रहन्छ । ठूला ठूला कामको योजनाको लागि ठूला व्यक्तिसँग मिलेर काम निकाल्ने सोचाइ यिनको हुन्छ । तर मित्रहरु सही मार्ग चिन्न सक्दैनन् । यिनको मन खुशी रहन प्रबल इच्छा हुन्छ । रुढीवादी व्यवहार चालचलनलाई लात हान्ने र नीतिशास्त्र बमोजिम नियमलाई प्रमुख सम्झने हुन्छन् ।
प्रेम सम्बन्ध
यो राशि हुनेहरु स्वभावतः गद् गद् प्रकृतिका हुन्छन् । यिनलाई सफा सुन्दर, सौर्न्दर्यसँग प्रेम हुन्छ । यिनको प्रेम एउटा गहन विषयको हुन्छ । प्रेमबिना अवस्था चिन्तित रहन्छ । विपरीत लिंगीसँग पनि फसेका हुन्छन् । तर कुनै व्यक्तिले सच्चा इमान्दारी प्रेमिका पाएका पनि हुन्छन । यिनका प्रेम पाएपछि सवै परिपपूर्ण सम्झने हुन्छन् । यसै भ्रमले गर्दा यिनलाई प्रेमक्षेत्र त्यति सुल्टो नहुन सक्छ । यस राशिवाला व्यक्तिहरु धेरै कन्या राशिसँग आकषिर्त हुन्छन् । तर विवाद पनि हुन्छ । जे भए पनि कन्याराशिमै आकषिर्त हुन्छन् । यिन माथि आफ्नो र्सवस्व दिन रुचाँउछन् । हुन त अन्तिमतिर प्रेमद्धारा दुःख भोग्नुपर्ने केही सम्भावना हुन्छ । १०-१५ प्रतिशत व्यक्तिहरु दुःखको शिकार बन्न पुगेका हुन्छन् । मेष र मिथुनसँगको प्रेम लाभदायक, कुशल सन्तानप्रदायक हुनेछन् भने सिंह सँगको प्रेम विफलै होला ।
अन्य राशिसँगको सम्बन्ध र यसबाट हुने लाभहानि
मेष राशिसँग
मेष राशिसँग मीन राशिको सम्बन्ध केही दोधारेजनक रहनेछ । हृदयमा भित्री मित्र भाव रहन्छ । व्यवहारमा आर्थिक सम्बन्धमा कठिनाई हुनेछ । नक्कल झक्कल चालचलन, रहनसहन र जन्म जन्मान्तरसम्म प्रेम अवश्य रहला । पति पत्नीको रुपमा सम्बन्ध राम्रै रहनेछ । दाजुभाइ साझेदारी, पार्टनर आदिको रुपमा सम्बन्ध विवादपूर्ण रहन्छ । यिनमा प्रत्यक्ष प्रतिद्धन्द्धी हुनेछ तर यिनको दिल दिमागले हितचित हुनेछ । चाँडै रिसाउने, चाँडै खुसाउने स्वभाव यिनको हुन्छ । गुरु, शिष्य र स्वामी सेवकमा सम्बन्ध ठीक रहन्छ । मीनउपर मेष भारी हुनेछ । मीनबाट मेषलाई लाभ हुनेछ ।
वृष राशिसँग
वृष राशिसँग मीन राशिको सम्बन्धले पुरुषार्थ बढ्ने हुन्छ । मीनको इच्छाअनुसार प्रगति र शक्तिको संयोजनको लागि वृष राशिले कार्य गरेमा पारिवारिक सहयोगले हरेक असम्भव कुरा सम्भव, समस्या समाधान हुनेछ । मीनबाट वृष लाभान्वित हुनेछ तथा शान्त रहला । वृषको कठोरताले मीनको चतुर्याई र चञ्चलता बढ्न जानेछ । एकले अर्कामा दोषारोपण गर्ने प्रकृति प्राणघातक समान हुन सक्छ । यिनको सहयोग गर्ने अन्य राशिको व्यक्ति आदिले उचाल्ने पछार्ने, वदनाम र क्षतिग्रस्त पार्न भित्री काट्नेछन् । पति पत्नीको रुपमा यिनको अलक्षण स्वरुप, हितैषीको लागि, एक समस्या बन्न जानेछ । व्यापारिक भागीदारीको निर्वाह कठिन हुनेछ ।
मिथुन राशिसँग
मिथुन राशिसँग मीन राशिको सम्बन्धले दुवैको सुरक्षा हुनेछ । यिनको सम्बन्ध रोमान्टिक हुनेछ । साथसाथै यथार्थ धरातलको छतमाथि रहनेछ । दुवै एक रुप उमेरमा भएमा यथावत स्थितिमा रहन अधिक प्रसन्न हुनेछन् । समाजसेवा एवं न्यायिक सेवमा दुवै राशि संलग्न हुन सक्नेछन् । व्यापार साझेदारीमा केही समयसम्म लाभकारी हुनेछन् । मिथुनमा अत्यन्त वुद्धिमान र मीनमा अत्यधिक चञ्चलताको समावेश हुनेछ । आपसमा प्रतिद्धन्द्धितामा मिथुनले मीनको भनाइ मान्नुपर्नेछ । यिनको व्यापारिक भागीदारी आपसमा कही कही कष्टकारी हुन जानेछ । मिथुन मीनको यात्रा लाभकारी तथा मित्रताबर्द्धक हुनेछ । पति पत्नीको जीवन परेवाको जोडी जस्तो प्रेमी हुनेछ ।
कर्कट राशिसँग
कर्कट राशिमा मीनको मित्रता खुबै राम्रो हुन्छ तर दुवैको बीच अन्तराल रहन आवश्यक हुनेछ । अधिकतम निकट सम्बन्धले हानि गर्नेछ । कर्कटप्रटि मीनको मनमा केही प्रकारको रहस्यपूर्ण भावना बनिरहनेछ । मीनले कर्कटको हप्काई खानुपर्नेछ । अथक प्रयासबाट कर्कट मीनको सफल सम्बन्धको स्थापना होला । यिनके सम्बन्ध निजी स्वार्थको कारण बन्नेछ । मार्गदर्शनको छलफलमा भारी मतभेद हुनेछ । पति पत्नीको रुपमा यिनको सम्बन्ध भने प्रगाढ नै रहनेछ । शारिरिक सम्बन्धमा आत्मसन्तुष्टि बनिरहन्छ । नियम र र्सतको साथ यदि व्यापारिक भागीदारीको काम कार्यमा आपसमा राम्रो व्यवहार हुनेछ ।
सिंह राशिसँग
सिंह राशिसँग मीनको सुखद् सम्बन्ध हुनेछ । विचार, भावना र सिद्धान्तको मतभेद भइरहन्छ । सिंह मीनको स्वभाव अलग अलग हुनाले दुवैको मनमा केही प्रकारको भ्रम बनिरहन्छ । यसै भ्रमबाट कठोर रुप लिनेछ । मीनको जलरुप साथ अग्नि रुप सिंहको आत्मसातले जान स्वाभाविक हुनेछ । यसकारण पति पत्नीको रुपमा सम्बन्ध निभ्न सक्छ । मित्रता र भागीदारीमा मिल्न मिलाउन कठिन छ । मीनसँग सिंहसँगको सम्बन्धले सिंहको बडो उपकार हुनेछ । सिंहले यदि मीनको कुरा सुन्ने, गुन्ने, गरेमा दुवैको सम्बन्ध ठीक हुन्छ । कठिनले जुधे आपत्ति पैदा हुन्छ । अलि टाढा टाढा बसेमा दीगो हुन्छ । यी दुइ राशिको षडाष्टक छ तापनि मित्र पर्दछन् ।
कन्या राशिसँग
कन्या राशिसँग मीनको सम्बन्ध राम्रो हुनेछ । मनमा दुवै एक हुन सकछन् । आत्म र मन एकले अर्काप्रति हृदयम समपर्ण भाव बनाइराख्ने छन् । कन्या राशिको पुरुषम मीन राशिको स्त्री अत्यन्त सन्तुष्टि, सुखी र स्वस्थ्य रहन सक्छिन् । कन्या राशिकी स्त्री र मीन राशिको पुरुषमा भरिपूर्ण प्रेम हुनेछ । यिनके उपर हाउभाउ नक्कल वा हार्दिक प्रेम, अधिक सशक्त बन्न जानेछ । मीनको कुनै पनि प्रस्ताव मान्नको लागि कन्या विवश रहनेछ । मीन कन्याको हार्दिक प्रेम सम्बन्ध हुँदा प्रत्यक्षमा दुवैको प्रतिद्धन्द्धिता हुन सक्नेछ । केही उमेर ढल्केपछि मीन र कन्याको स्त्री पुरुषबीच आपसमा काफी सन्तुष्टको कामना भइरहन्छ । यिनको जानीजानी पुराना गल्तीहरु भइरहन्छन् ।
तुला राशिसँग
तुला राशिसँग मीन राशिको सम्बन्ध सुख दिने हुँदैन । तुल मीनको पारस्परिक, भ्रमजाल समाप्त भएमा समझदारी र आत्म सन्तुलनको यो सम्बन्ध आकर्ष एवं स्थिर बन्न जानेछ । मीन र तुलाको सम्बन्धमा स्थिरता रहँदैन । यथार्थले हटेर जानेछ । यो सम्बन्ध भावुकतामा आधारित भए पनि राम्रो हुने छैन । जीवन दूर्भाग्यरुपी होला । यिनको शत्रु षडाष्टक पर्नेछ । पति पत्नीको रुपमा दाम्पत्य जीवन सफल हुनेछैन । मीनको व्यवहारिकता, तुलालाई नियन्त्रण तथा अनुशासनमा बाँध्न मीन राशि सदैव आफ्नो पुरुषार्थ लगाउने छ । यिनीहरुको आपसमा दोषारोपण हुँदै रहन्छ । रिसीवीको भावना बढ्न जान्छ ।
वृश्चिक राशिसँग
वृश्चिकको मीन राशिसँगको सम्बन्ध जीवन विस्तारको आधार बन्नेछ । दुवैको आपसमा भविष्य जीवन, सामाजिक प्रतिष्ठा, उच्चाकांक्षा एवं व्यवसायिक प्रवृत्तिको राम्रो अर्थमा प्रभावित हुनेछ । मीनको र वृश्चिकको सम्बन्ध प्रायः ठीक रहन्छ । आपसमा दुवै राशि सुदृढ तथा नेतृत्व गर्ने इच्छुक हुनेछन् । मीनको चञ्चलता वृश्चिक राशिले सम्झने छैन किन्तु वृश्चिकको रहस्यमय स्वभाव तथा गम्भीरता मीन राशिले भलीभाँती थाहा पाउनेछ । यिनको चमक, धमकका लागि कोही स्थान रहनेछैन । पति पत्नीको रुपमा नक्कल झक्कलसाथ विवाहित जीवनको निर्वाह हुनेछ । खनिज पदार्थको उद्योगधन्दाको भागीदारीले आर्थिक सन्तुष्टि प्रदान गर्नेछ ।
धनु राशिसँग
धनु राशिसँग मीन राशिको सम्बन्ध राम्रो सम्मिलन हुनेछ र शक्ति प्राप्त हुनेछ । परस्परमा सामान्य उपस्थित हुँदा दुधमाथिको तर समान धनु मीनको सम्बन्ध हुन्छ । मीनमाथि धनुको सम्बन्ध गहिरो रहन्छ । यिनीहरुको सक्रियता, परिवर्तन, सुख दिने र सहानुभूति हुन्छ । सहयात्रा दिने हितकारी भावनामा जन्म लिनेछ । नयाँ योजनाको निर्माण तथा त्यसको कार्यान्वयन हेतु धनुले मीनको प्रेरणा पाउनेछ । धनु समक्ष मीन राशिको स्वप्नदर्शी र अध्यात्मकवादी बानी रहन्छ । यिनको सम्बन्ध रोमाण्टिक बन्न बेर लाग्ने छैन । पति पत्नीको रुपमा गृहस्थ जीवन सुख शान्तिपूर्ण बन्न जानेछ । व्यापारिक भागिदारीमा पनि शुभलाभ हुनेछ ।
मकर राशिसँग
मकर राशिसँग मीन राशिको सम्बन्ध भयभित रहनेछ । पारस्परिक घरेलु विषयमा यिनको वैचारिक संर्घष्ा परिरहन्छ । मीन र मकरको सम्बन्ध गौरवान्वित हुनेछ । मकरको लागि मीन सहायक राशि हो । धन र समयको बचतको लागि मीनले केही टाढा बस्नु मकरको लागि आवश्यक हुनेछ । कुनै सानो कुरामा सावधानी नहुँदा लागि उदासी बन्नेछ त्यसै बीजबाट विवाद हुनेछ । शिक्षा, पुरानो, सम्पत्ति, मान, सम्मान, न्याय, अन्याय एवं अधिकारप्रति यस प्रकारको सम्पर्कले मीन राशिका जागरुकता आउँछ । मीनको सम्पर्कले मकरलाई राम्रो परिणाम मिल्ने छैन, किनकि मीनको पारिवारिक सदस्यलाई मकरको परिवारको अपजस लाउने छन् ।
कुम्भ राशिसँग
कुम्भ राशिसँग मीन राशिको सम्बन्ध सामान्य हुनेछ । पारस्परिक सक्रियताको वृद्धि हुनेछ । मीनले कुम्भको जीवनयात्रा सफल बनाउनेछ । पारस्परिक सम्मानको भावनाले कुम्भ मीनको बीच मित्रता सामान्य हुनेछ । यथोचित सन्तुलन बनिरहनाले कुम्भ मीनको बीच विरोधी शक्ति निस्क्रिय हुनेछ । दुवैले एक दोस्रोको उत्तरदायित्वको निर्वाह गर्नेछन् । आपसमा स्नेह र सम्मानको आदान प्रदानको भावना हुँदा मित्रताको निर्वाह आशायुक्त हुनेछ । पति पत्नीको रुपमा सफल दाम्पत्य जीवन रहनेछ । व्यापारिक भागीदारी सामान्य रहनेछ ।
मीन राशिसँग
मीन राशिसँग मीनको सम्बन्ध राम्रो बताउन सकिन्छ । यिनको संयोगले सच्चा सच्चा मानसिकताको विकास, सद्भावनाको उदय, बैंक व्यालेन्सको वृद्धि हुनेछ । पति पत्नी दुवै मीन राशिको हुँदा विस्तार र जीवन उपयोगी आवश्यक साधनको विकास हुनेछ । आर्थिक सर्न्दर्भमा दुवै परस्पर सहयोगी सिद्ध हुन सक्नेछन् । पति पत्नीको अतिरिक्त अन्य व्यवसायको साथी सुखकारी हुनेछैन । केवल मित्रता व्यापारिक भागीदारीमा स्थिरताको कमी होला । चञ्चल र हाउभाउको प्रवृत्ति तीव्र हुनेछ । एकले अर्काको नराम्रो देखेमा दुर्भाग्य सोच्नेछन् । स्वार्थ एवं अहम् टक्करले यिनमा आशंका बनिरहन्छ