यो महिना लाभदायी नै रहनेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर प्राप्त हुनेछन् । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुन सक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क १,५ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो इष्ट देवताको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। ईर्ष्यालु प्रवृत्ति भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बाहिरी स्रोत जुट्नाले दिन उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष गर्नेहरूले हार खानेछन्। मिहिनेतले उपलब्धि दिलाउनेछ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
टिप्पणियाँ
एक टिप्पणी भेजें