वर्षारम्भमा प्रतिस्पर्धाभावमा बृहस्पति र राहु, भाग्यभावमा शनि र खर्चस्थानमा केतु रहेका छन्। प्रारम्भिक ग्रहयोग विचार गर्दा साउन २२ गतेसम्म व्यावसायिक संक्रमणकाल रहनेछ। तत्काल ठूलो उपलब्धि हातलागी नभए पनि यस बीचको संघर्षले दिगो फाइदा दिलाउन सक्छ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा प्राप्त गर्न सकिनेछ। भदौदेखि विभिन्न अवसरले पछ्याउनेछन्। पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। व्यापार तथा अध्ययनका लागि विदेशयात्राको अवसर प्राप्त हुनेछ। भाग्यले प्रेमपात्र जुराउनेछ भने प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्न सक्छ। देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिवारमा जीवनसाथीलाई अघि सार्दा विशेष फाइदा हुन सक्छ। राजनीतिक पहुँच बढ्नेछ भने सुखद समाचारले आनन्द दिलाउनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन्। साझेदारीमा पनि फाइदै हुनेछ। माघ र फागुनमा बृहस्पतिको प्रतिकूलताले स्वास्थ्यमा समस्या आउन सक्छ। शनिको स्थितिले चिताएका काममा केही विलम्ब भए पनि उपलब्धिमा ठूलो बाधा पर्नेछैन। बृहस्पति प्रतिकूल रहँदा शिवजी, बगलामुखी र काली भगवतीको पूजा–उपासना गर्नाले फाइदा पुग्नेछ। आर्थिक रूपमा असार, कात्तिक र फागुन महिना अलि प्रतिकूल रहनेछन् भने जेठ, भदौ, पुस र माघ महिनामा बढी फाइदा हुनेछ।
वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। ईर्ष्यालु प्रवृत्ति भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बाहिरी स्रोत जुट्नाले दिन उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष गर्नेहरूले हार खानेछन्। मिहिनेतले उपलब्धि दिलाउनेछ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
टिप्पणियाँ
एक टिप्पणी भेजें