बर्षारम्भको समय अनुकूल भएकोले विद्यामा ऐतिहासिक सफलता प्राप्त गर्नुहोला, मन प्रसन्न रहनेछ । बौद्धिक कार्यमा निकै अगाडिबढ्ने अवसर मिल्नेछ । राज्यले महत्व बुझेर औकात अनुसारको स्थान र मान दिनेछ । पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफलहुनुहोला । भएका सन्तानबाट सुख र नहुनेको सन्तान प्राप्तीको योगपनि छ । छात्र वृद्धि हासिल गरी विदेशको राम्रो महाविद्यालयमा पठन पाठन गर्नपाउने वलियो सम्भावनाछ । अन्ताराष्ट्रिय पुरस्कारसहितको चिनारीले तपाईं स्वयम्लाई र देशलाई सम्मान प्राप्त हुनेछ । धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला । व्यापारमा उन्नति हुनुको साथै धन प्रशस्त कमाउने अवसर मिल्नेछ । प्रेमसम्वन्ध वलियोहुने, नयाँ प्रेम हुने, भएको प्रेमले वैवाहिक मार्ग अवलम्वन गर्ने योगछ । राजनीतिमा आफ्नु वर्चस्व बढाउन सकिनेछ । नोकरीमा पदोन्नतिसहित महत्वपूर्ण स्थानमा स्थानान्तरण हुने योगछ । आषाढ २६ गतेबाट षष्ट भावमा गुरुले गोचर गर्नेहुँदा स्वास्थमा बाधा आउने शत्रु बढ्ने,नोकरी तथा राजनीतिमा शत्रुले अवरोध सृर्जना गर्ने भएकोले गोपनीयता अपनाउनुहोला । चिन्ता बढ्ने भएकोले धैर्यतामा जोड दिनुहोला । माघदेखि छैटौं स्थानमा राहुले गोचर गर्ने भएकोले समय राम्रो हुनेछ । शत्रुमाथि विजय हासिल गरी अगाडिबढ्ने अवसर मिल्नेछ । स्वास्थमा सुधार आउनुको साथै रोकिएका कामहरू बन्नेछन् । ज्येष्ठ, भाद्र, पौष, माघ महिना शुभ रहेकोले महत्वपूर्ण काम गर्नेअवसर मिल्नेछ । आषाढ, कार्तिक, फाल्गुन प्रतिकूल महिना भएकोले संयम भएर काम गर्नु राम्रो हुनेछ ।
२०६६ साल » मीन राशी दि दू थ भ ञ दे दो चा ची यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको एघारौँ स्थानमा र केतुले पाचौँ स्थानमा रहेर यात्रा गर्दै छन् । यस कारण राहु र केतु यस स्थानमा रहेसम्म राहु र केतुका प्रभावले तपाईलाई मीठो बोल्ने व्यक्तिले धोका दिनेछन् । बौद्धिक शक्तिको विकास होला । दैनिक जीवनमा कठिनाइले प्रगति होला । कुनै बफादार सहयोगीको आवश्यकता पर्ला । शारिरिक सुख मध्यम रहला । अकस्मात धनको प्राप्ति होला । जीवनसाथीको सुख मध्यम रहला । घरेलु समस्यामा सधार आउला । काक्तिर्क १८ गतेबाट राहु दशौँ र केतु चौथो स्थानमा प्रवेश गरेकाले स्त्रीको सुख सन्तोष होला । पशुपन्छीमा लगानी बढ्ला । सुन्दर वस्त्र तथा प्यारो भोजनको लाभ होला । वृद्धि र विद्याको विकास होला । सन्तानका पक्षबाट धोका पर्ने छ । तपाईका नाना प्रकारको लालसा बढ्ला । चल अचल सम्पत्तिको विकासमा बाधा अड्चन आइपर्ला । कठोर आदत, लोभ क्रोध बढ्ला । दुस्मनमाथि तपाईको प्रभाव पर्ला । यात्रा सम्भव हुन सक्ला । बृहस्पति वैशाख ६ गतेबाट तपाईको बाह्रौ स्थानमा भ्रमण गर्दै छन् । अतः तपाईलाई सपरिवार कुटुम्बमा पीडा होला । विविध भौतिक योजनामा अवरोध पर...
टिप्पणियाँ
एक टिप्पणी भेजें