Skip to main content

पुष २०८० को राशिफल

 यो महिना लाभदायी नै रहनेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर प्राप्त हुनेछन् । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुन सक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क १,५ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो इष्ट देवताको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

Comments

Popular posts from this blog

२०७३ सालको बार्षिक राशि फल

वर्षारम्भमा प्रतिस्पर्धाभावमा बृहस्पति र राहु, भाग्यभावमा शनि र खर्चस्थानमा केतु रहेका छन्। प्रारम्भिक ग्रहयोग विचार गर्दा साउन २२ गतेसम्म व्यावसायिक संक्रमणकाल रहनेछ। तत्काल ठूलो उपलब्धि हातलागी नभए पनि यस बीचको संघर्षले दिगो फाइदा दिलाउन सक्छ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा प्राप्त गर्न सकिनेछ। भदौदेखि विभिन्न अवसरले पछ्याउनेछन्। पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। व्यापार तथा अध्ययनका लागि विदेशयात्राको अवसर प्राप्त हुनेछ। भाग्यले प्रेमपात्र जुराउनेछ भने प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्न सक्छ। देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिवारमा जीवनसाथीलाई अघि सार्दा विशेष फाइदा हुन सक्छ। राजनीतिक पहुँच बढ्नेछ भने सुखद समाचारले आनन्द दिलाउनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन्। साझेदारीमा पनि फाइदै हुनेछ। माघ र फागुनमा बृहस्पतिको प्रतिकूलताले स्वास्थ्यमा समस्या आउन सक्छ। शनिको स्थितिले चिताएका काममा केही विलम्ब भए पनि उपलब्धिमा ठूलो बाधा पर्नेछैन। बृहस्पति प्रतिकूल र...

२०७२ सालको बार्षिक राशि फल

बर्षारम्भको समय अनुकूल भएकोले विद्यामा ऐतिहासिक सफलता प्राप्त गर्नुहोला, मन प्रसन्न रहनेछ । बौद्धिक कार्यमा निकै अगाडिबढ्ने अवसर मिल्नेछ । राज्यले महत्व बुझेर औकात अनुसारको स्थान र मान दिनेछ । पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफलहुनुहोला । भएका सन्तानबाट सुख र नहुनेको सन्तान प्राप्तीको योगपनि छ । छात्र वृद्धि हासिल गरी विदेशको राम्रो महाविद्यालयमा पठन पाठन गर्नपाउने वलियो सम्भावनाछ । अन्ताराष्ट्रिय पुरस्कारसहितको चिनारीले तपाईं स्वयम्लाई र देशलाई सम्मान प्राप्त हुनेछ । धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला । व्यापारमा उन्नति हुनुको साथै धन प्रशस्त कमाउने अवसर मिल्नेछ । प्रेमसम्वन्ध वलियोहुने, नयाँ प्रेम हुने, भएको प्रेमले वैवाहिक मार्ग अवलम्वन गर्ने योगछ । राजनीतिमा आफ्नु वर्चस्व बढाउन सकिनेछ । नोकरीमा पदोन्नतिसहित महत्वपूर्ण स्थानमा स्थानान्तरण हुने योगछ । आषाढ २६ गतेबाट षष्ट भावमा गुरुले गोचर गर्नेहुँदा स्वास्थमा बाधा आउने शत्रु बढ्ने,नोकरी तथा राजनीतिमा शत्रुले अवरोध सृर्जना गर्ने भएकोले गोपनीयता अपनाउनुहोला । चिन्ता बढ्ने भएकोले धैर्यतामा जोड दिनुहोला । मा...