बर्षारम्भको समय अनुकूल भएकोले विद्यामा ऐतिहासिक सफलता प्राप्त गर्नुहोला, मन प्रसन्न रहनेछ । बौद्धिक कार्यमा निकै अगाडिबढ्ने अवसर मिल्नेछ । राज्यले महत्व बुझेर औकात अनुसारको स्थान र मान दिनेछ । पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफलहुनुहोला । भएका सन्तानबाट सुख र नहुनेको सन्तान प्राप्तीको योगपनि छ । छात्र वृद्धि हासिल गरी विदेशको राम्रो महाविद्यालयमा पठन पाठन गर्नपाउने वलियो सम्भावनाछ । अन्ताराष्ट्रिय पुरस्कारसहितको चिनारीले तपाईं स्वयम्लाई र देशलाई सम्मान प्राप्त हुनेछ । धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला । व्यापारमा उन्नति हुनुको साथै धन प्रशस्त कमाउने अवसर मिल्नेछ । प्रेमसम्वन्ध वलियोहुने, नयाँ प्रेम हुने, भएको प्रेमले वैवाहिक मार्ग अवलम्वन गर्ने योगछ । राजनीतिमा आफ्नु वर्चस्व बढाउन सकिनेछ । नोकरीमा पदोन्नतिसहित महत्वपूर्ण स्थानमा स्थानान्तरण हुने योगछ । आषाढ २६ गतेबाट षष्ट भावमा गुरुले गोचर गर्नेहुँदा स्वास्थमा बाधा आउने शत्रु बढ्ने,नोकरी तथा राजनीतिमा शत्रुले अवरोध सृर्जना गर्ने भएकोले गोपनीयता अपनाउनुहोला । चिन्ता बढ्ने भएकोले धैर्यतामा जोड दिनुहोला । माघदेखि छैटौं स्थानमा राहुले गोचर गर्ने भएकोले समय राम्रो हुनेछ । शत्रुमाथि विजय हासिल गरी अगाडिबढ्ने अवसर मिल्नेछ । स्वास्थमा सुधार आउनुको साथै रोकिएका कामहरू बन्नेछन् । ज्येष्ठ, भाद्र, पौष, माघ महिना शुभ रहेकोले महत्वपूर्ण काम गर्नेअवसर मिल्नेछ । आषाढ, कार्तिक, फाल्गुन प्रतिकूल महिना भएकोले संयम भएर काम गर्नु राम्रो हुनेछ ।
वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। ईर्ष्यालु प्रवृत्ति भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बाहिरी स्रोत जुट्नाले दिन उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष गर्नेहरूले हार खानेछन्। मिहिनेतले उपलब्धि दिलाउनेछ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
Comments
Post a Comment