Skip to main content

तपाइको चैत्र माहिनाको राशिफल


मीन
२०६६ साल » चैत्र महिना » मीन राशी
दि दू थ भ ञ दे दो चा ची
यस महिनामा सूर्यले तपाईको जन्मराशिको छैठौँ स्थानमा भ्रमण गर्दै हुनाले तपाइका शत्रु नाश हुनेछन् । स्वास्थ्यमा सुधारको सम्भावना छ । तपाईका शक्ति र साहस बढ्ला । राज्यपक्षबाट वा मित्रजनको सहयोगले आर्थिक लाभ होला। परीक्षा, प्रतियोगिताका सफलता मिल्ला । समयले साथ देला ।मंगल सातौँ स्थानमा भएकाले स्वजनमा हानी होला । जीवनसाथीसँग कलह पर्ला । आँखा, पेटमा रोग लाग्न सक्नेछ । भाइ सन्तानले रिस गर्नेछन् । जसले गर्दा तपाइलाई दुःख पर्नेछ ।बुध ग्रह ६ गतेबाट सातौँ स्थानमा जानाले कामकाजमा विरोध होला । झगडाको सामना गर्नुपर्ला । सुखको हानी होला । पैसाको कमी होला । राज्य भय पर्ला । शरिर कमजोर होला ।शुक्र छैठौँ स्थानमा भएकाले शत्रु वृद्धि होलान् । ८ गते पछाडि तपाईलाइ आफ्नै मान्छेबाट पीडा होला । महिलालाई पीडा होला । शोक, चिन्ता र परिश्रमको साथमा दैनिक गुजारा चल्ला । इन्द्रियमा कुनै रोग हुनसक्ला । यस महिनामा सूर्यले शुभ फल दिनेछ । बुध, शुक्र, मंगल अशुभ हुने हुँदा प्रायः अशुभ झल बढी होला । राजनीतिक कार्यकर्तालाई भने सूर्यले सहयोग गर्नेछन् । 

Popular posts from this blog

२०७२ सालको बार्षिक राशि फल

बर्षारम्भको समय अनुकूल भएकोले विद्यामा ऐतिहासिक सफलता प्राप्त गर्नुहोला, मन प्रसन्न रहनेछ । बौद्धिक कार्यमा निकै अगाडिबढ्ने अवसर मिल्नेछ । राज्यले महत्व बुझेर औकात अनुसारको स्थान र मान दिनेछ । पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफलहुनुहोला । भएका सन्तानबाट सुख र नहुनेको सन्तान प्राप्तीको योगपनि छ । छात्र वृद्धि हासिल गरी विदेशको राम्रो महाविद्यालयमा पठन पाठन गर्नपाउने वलियो सम्भावनाछ । अन्ताराष्ट्रिय पुरस्कारसहितको चिनारीले तपाईं स्वयम्लाई र देशलाई सम्मान प्राप्त हुनेछ । धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला । व्यापारमा उन्नति हुनुको साथै धन प्रशस्त कमाउने अवसर मिल्नेछ । प्रेमसम्वन्ध वलियोहुने, नयाँ प्रेम हुने, भएको प्रेमले वैवाहिक मार्ग अवलम्वन गर्ने योगछ । राजनीतिमा आफ्नु वर्चस्व बढाउन सकिनेछ । नोकरीमा पदोन्नतिसहित महत्वपूर्ण स्थानमा स्थानान्तरण हुने योगछ । आषाढ २६ गतेबाट षष्ट भावमा गुरुले गोचर गर्नेहुँदा स्वास्थमा बाधा आउने शत्रु बढ्ने,नोकरी तथा राजनीतिमा शत्रुले अवरोध सृर्जना गर्ने भएकोले गोपनीयता अपनाउनुहोला । चिन्ता बढ्ने भएकोले धैर्यतामा जोड दिनुहोला । मा...

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। ईर्ष्यालु प्रवृत्ति भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बाहिरी स्रोत जुट्नाले दिन उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष गर्नेहरूले हार खानेछन्। मिहिनेतले उपलब्धि दिलाउनेछ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

२०७३ सालको बार्षिक राशि फल

वर्षारम्भमा प्रतिस्पर्धाभावमा बृहस्पति र राहु, भाग्यभावमा शनि र खर्चस्थानमा केतु रहेका छन्। प्रारम्भिक ग्रहयोग विचार गर्दा साउन २२ गतेसम्म व्यावसायिक संक्रमणकाल रहनेछ। तत्काल ठूलो उपलब्धि हातलागी नभए पनि यस बीचको संघर्षले दिगो फाइदा दिलाउन सक्छ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा प्राप्त गर्न सकिनेछ। भदौदेखि विभिन्न अवसरले पछ्याउनेछन्। पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। व्यापार तथा अध्ययनका लागि विदेशयात्राको अवसर प्राप्त हुनेछ। भाग्यले प्रेमपात्र जुराउनेछ भने प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्न सक्छ। देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिवारमा जीवनसाथीलाई अघि सार्दा विशेष फाइदा हुन सक्छ। राजनीतिक पहुँच बढ्नेछ भने सुखद समाचारले आनन्द दिलाउनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन्। साझेदारीमा पनि फाइदै हुनेछ। माघ र फागुनमा बृहस्पतिको प्रतिकूलताले स्वास्थ्यमा समस्या आउन सक्छ। शनिको स्थितिले चिताएका काममा केही विलम्ब भए पनि उपलब्धिमा ठूलो बाधा पर्नेछैन। बृहस्पति प्रतिकूल र...