Skip to main content

तपाइको चैत्र माहिनाको राशिफल


मीन
२०६६ साल » चैत्र महिना » मीन राशी
दि दू थ भ ञ दे दो चा ची
यस महिनामा सूर्यले तपाईको जन्मराशिको छैठौँ स्थानमा भ्रमण गर्दै हुनाले तपाइका शत्रु नाश हुनेछन् । स्वास्थ्यमा सुधारको सम्भावना छ । तपाईका शक्ति र साहस बढ्ला । राज्यपक्षबाट वा मित्रजनको सहयोगले आर्थिक लाभ होला। परीक्षा, प्रतियोगिताका सफलता मिल्ला । समयले साथ देला ।मंगल सातौँ स्थानमा भएकाले स्वजनमा हानी होला । जीवनसाथीसँग कलह पर्ला । आँखा, पेटमा रोग लाग्न सक्नेछ । भाइ सन्तानले रिस गर्नेछन् । जसले गर्दा तपाइलाई दुःख पर्नेछ ।बुध ग्रह ६ गतेबाट सातौँ स्थानमा जानाले कामकाजमा विरोध होला । झगडाको सामना गर्नुपर्ला । सुखको हानी होला । पैसाको कमी होला । राज्य भय पर्ला । शरिर कमजोर होला ।शुक्र छैठौँ स्थानमा भएकाले शत्रु वृद्धि होलान् । ८ गते पछाडि तपाईलाइ आफ्नै मान्छेबाट पीडा होला । महिलालाई पीडा होला । शोक, चिन्ता र परिश्रमको साथमा दैनिक गुजारा चल्ला । इन्द्रियमा कुनै रोग हुनसक्ला । यस महिनामा सूर्यले शुभ फल दिनेछ । बुध, शुक्र, मंगल अशुभ हुने हुँदा प्रायः अशुभ झल बढी होला । राजनीतिक कार्यकर्तालाई भने सूर्यले सहयोग गर्नेछन् । 

Popular posts from this blog

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। ईर्ष्यालु प्रवृत्ति भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बाहिरी स्रोत जुट्नाले दिन उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष गर्नेहरूले हार खानेछन्। मिहिनेतले उपलब्धि दिलाउनेछ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मीन राशि वार्षिक राशिफल २०८२

राशि: मीन (Pisces) | स्वामी: बृहस्पति | रंग: चन्द्रविरंग, हल्का हरियो | मूलांक: ३, ७, ९ सामान्य वार्षिक फल: प्रिय मीन राशिका साथीहरु, २०८२ साल तपाईंको लागि भावनात्मक गहिराइ, आध्यात्मिकता र कलात्मकता को वर्ष हुनेछ। बृहस्पति ग्रहको कृपाले तपाईंलाई intuition, compassion र creative inspiration प्रदान गर्नेछ। यस वर्ष तपाईंले spiritual growth, artistic pursuits र emotional healing मा महत्वपूर्ण प्रगति गर्नुहुनेछ। तर, oversensitivity र escapism बाट सावधान रहनुहोला। Reality र dreams लाई balance गर्नु जरुरी छ। आफ्नो compassionate nature लाई positive रूपमा प्रयोग गर्नुहोला। करियर र शिक्षा: Career को लागि यो वर्ष creative छ। Arts, music, photography, healing professions र spiritual fields मा काम गर्नेहरुको लागि विशेष लाभदायक छ। Research र intuition-based work मा success मिल्नेछ। Students ले creative subjects मा excellence हासिल गर्नेछन्। Imagination लाई practical applications मा परिणत गर्नुहोस्। आर्थिक स्थिति: Financial status मा fluctuations आउन सक्छन्。 Arts र creative projects बाट income आउनेछ।...

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

  अवसर प्राप्त भए पनि फजुल खर्चले समस्या निम्त्याउन सक्छ। फसेकाे रकम तत्काल नउठ्न सक्छ। मिहिनेत गर्दागर्दै पनि काममा पछि परिनेछ। ईर्ष्या गर्नेहरूले पनि सताउनेछन्। तापनि प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। केही खर्च लागे पनि राेग र शत्रुमाथि विजय प्राप्त हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहाेला।