सीधे मुख्य सामग्री पर जाएं

संदेश

2016 की पोस्ट दिखाई जा रही हैं

२०७३ सालको बार्षिक राशि फल

वर्षारम्भमा प्रतिस्पर्धाभावमा बृहस्पति र राहु, भाग्यभावमा शनि र खर्चस्थानमा केतु रहेका छन्। प्रारम्भिक ग्रहयोग विचार गर्दा साउन २२ गतेसम्म व्यावसायिक संक्रमणकाल रहनेछ। तत्काल ठूलो उपलब्धि हातलागी नभए पनि यस बीचको संघर्षले दिगो फाइदा दिलाउन सक्छ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा प्राप्त गर्न सकिनेछ। भदौदेखि विभिन्न अवसरले पछ्याउनेछन्। पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। व्यापार तथा अध्ययनका लागि विदेशयात्राको अवसर प्राप्त हुनेछ। भाग्यले प्रेमपात्र जुराउनेछ भने प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्न सक्छ। देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिवारमा जीवनसाथीलाई अघि सार्दा विशेष फाइदा हुन सक्छ। राजनीतिक पहुँच बढ्नेछ भने सुखद समाचारले आनन्द दिलाउनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन्। साझेदारीमा पनि फाइदै हुनेछ। माघ र फागुनमा बृहस्पतिको प्रतिकूलताले स्वास्थ्यमा समस्या आउन सक्छ। शनिको स्थितिले चिताएका काममा केही विलम्ब भए पनि उपलब्धिमा ठूलो बाधा पर्नेछैन। बृहस्पति प्रतिकूल र